शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार?


    हुलाक प्रेस

    • सोमबार, भदौ १० २०८११२:२४
    सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार?

    काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  

    अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।


    प्रतिक्रिया दिनुहोस