शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै प्रहरीका एआईजी र डीआईजी सर्वोच्चमा


    हुलाक प्रेस

    • मंगलबार, भदौ ११ २०८१०५:५९
    उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै प्रहरीका एआईजी र डीआईजी सर्वोच्चमा

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

    नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न गत बिहीबार सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेपछि सर्वोच्चमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट रिट हालेका छन् ।

    यसअघि, गत आइतबार सशस्त्र प्रहरीको डीआईजीबाट अवकाशको पत्र पाएका अभिकुमार खत्रीसहित १२ जनाको तर्फबाट रिट दायर भएको थियो । त्यसमा मंगलबार नै न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    मंगलबार नै श्याम ज्ञवालीसहिततका प्रहरी अधिकारीहरू रिट लिएर सर्वोच्च पुगेका छन् । उनीहरूले नेपाल प्रहरी ऐन र नियमावलीले तोकेको पदका आधारमा उमेरहद खारेज गरी समानरूपमा निजामति ऐनमा जस्तै उमेरहद कायम गर्न माग दाबी गरेका छन् ।

    एआईजी ज्ञवाली यही भदौ २५ मा उमेरहदका आधारमा अवकाशमा जाँदै छन् । उनीसहितले ३० वर्षे कार्यान्वयन नभएसँगै पदका आधारमा उमेरहद पनि खारेज गर्न माग गरेको बताइएको छ ।


    प्रतिक्रिया दिनुहोस