शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • मुस्ताङको थासाङमा पुनःहिउँपहिरो, बोक्सीखोला थुनियो


    हुलाक प्रेस

    • मंगलबार, भदौ ११ २०८११०:५३
    मुस्ताङको थासाङमा पुनःहिउँपहिरो, बोक्सीखोला थुनियो

    म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुनःहिउँ पहिरो खसेको छ । 

    मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए । 

    “यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उनले भने, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”

    बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए । 


    प्रतिक्रिया दिनुहोस