शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्ने, यस्तो छ कार्यसूची


    हुलाक प्रेस

    • बुधबार, भदौ १२ २०८१०८:२५
    प्रतिनिधिसभाको बैठक आज पनि बस्ने, यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकका लागि मुख्यरूपमा दुई विषयलाई कार्यसूचीमा राखिएको छ ।

    सुरुमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने प्रस्तुत गर्नेछन् ।

    त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले 'हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने' भन्ने सार्वजनिक महत्त्वको विषयबारे स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ । यसअघि, हिजो पनि प्रतिनिधिसभाको बैठक बसेको थियो ।


    प्रतिक्रिया दिनुहोस