शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल नियुक्त


    हुलाक प्रेस

    • बुधबार, भदौ १२ २०८१०४:०४
    नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गरेका छन् । 

    नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । 
    रासस


    प्रतिक्रिया दिनुहोस