शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • साफ च्याम्पियनपशिप फाइनल : पहिलो हाफमा बङ्गलादेशको अग्रता


    हुलाक प्रेस

    • बुधबार, भदौ १२ २०८१०४:०५
    साफ च्याम्पियनपशिप फाइनल :  पहिलो हाफमा बङ्गलादेशको अग्रता

    काठमाडौँ । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले  नेपाल र बङ्लादेशबीच  प्रतिस्पर्धा भइरहेको छ ।

    सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बङ्गलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बङ्गलादेशका ‘किपर’ मोहमद आसिफले बचाउ गरे ।

    त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ । बङ्गलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बङ्गलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस