शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आज दिनभरको मौसम ?


    हुलाक प्रेस

    • बिहीबार , भदौ १३ २०८१०७:५१
    कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । गण्डकी र वाग्मती प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिरसरदर स्थानको आसपासमा छ । 


    प्रतिक्रिया दिनुहोस