काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ। गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विध ल्याबका सञ्चालक भण्डारीलाई विशेष अदालतले सफाइ दिएको थियो।
सफाइ दिने विशेषको फैसला त्रुटिपूर्ण भएको भन्दै अख्तियारले बुधवार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। ४ वर्ष नासु पदमा कार्यरत भीमकान्त भण्डारीविरुद्ध अख्तियारले ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतले २०८० कात्तिक २१ मा भण्डारीलाई सफाइ दिँदै अख्तियारको दाबी नपुग्ने फैसला गरेको थियो ।