शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार, जुट्यो सहमति


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १४ २०८११२:४८
    भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार, जुट्यो सहमति

    काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा हदम्याद सम्बन्धी व्यवस्था हटाउन सरकार तयार भएको छ । 

    गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद हटाउने प्रतिबद्धता जनाएका हुन् । 

    “विधेयकबाट ५ वर्षे हदम्याद हटाएर पुरानै कायम राखौँ,” गृहमन्त्री लेखकले भने, “माननीयहरूको संशोधन छ । जहिले जुनसुकै मुद्दा चल्न सक्छ भन्ने माननीयहरूको संशोधन छ । सरकार हटाउन तयार छ ।” उनले भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चलाउनसक्ने अवस्था राख्न सहमति जनाएका छन् ।


    प्रतिक्रिया दिनुहोस