बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो–  पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ


    हुलाक प्रेस

    • शनिबार, भदौ १५ २०८११०:१३
    अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो–  पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ

    मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)  ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको बताएको छ । पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको भ्रमण गर्न सक्नेछन् । 

    पुटिनले आईसीसीको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो । आईसीसीका प्रवक्ता डाक्टर फादी अल-अब्दल्लाहले अदालत मंगोलियालगायतका सदस्य राष्ट्रहरूमा ‘आफ्नो आदेशको पालना गर्न’ निर्भर रहेको बताए । उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मंगोलियाको दायित्व भएको उनको भनाई थियो ।

    मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले रुस र युक्रेनबिच जारी संघर्षमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको अदालतले जनाएको छ ।

    तर, रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो।

    यता युक्रेनी अधिकारीहरूले पुटिनलाई मंगोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन् । युक्रेनी विदेश मन्त्रालयले भन्यो, ‘हामीहरूलाई आशा छ, मंगोलियालाई थाहा छ कि पुटिन युद्ध अपराधी हुन् भनेर ।’ 

    यद्यपि, क्रेमलिनको राष्ट्रपति कार्यालयले पुटिनको भ्रमणको बारेमा ‘कुनै चिन्ता’ नभएको बताएको छ ।


    प्रतिक्रिया दिनुहोस