बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हाल्यान्डको लगातार दोस्रो ह्याट्रिक


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८१०९:१८
    हाल्यान्डको लगातार दोस्रो ह्याट्रिक

    काठमाडौं । एर्लिङ हाल्यान्डको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली वेस्टहम युनाइटेडविरुद्ध ३-० को जित निकालेको छ ।

    लन्डन रंगशालामा सिटीलाई जित दिलाउन हाल्यान्डले ह्याट्रिक गरे । वेस्टहमका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

    लागातार तेस्रो जितसँगै तनि खेलमा नौ अंक जोडेको सिटी शीर्ष स्थानमा उकिलएको छ । पराजित वेस्टहम सामन खेलबाट तीन अंकका साथ १४औं स्थानमा छ । खेलको १०औं मिनेटमा हाल्यान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले बेर्नार्डो सिल्भाको पासलाई पेस्टको दिशा दिए । सिटीको अग्रता लामो समयसम्म टिक्न भने सकेन । नौ मिनेटपछि नै रुबेन डियासबाट आत्मघाती गोल हुन पुग्दा वेस्टहम बराबरीमा आयो ।

    हाल्यान्डले ३०औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । उनले रिको लुइसको पासलाई सदुपयोग गरे ।

    निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा म्याथ्युज ननेजले उपलब्ध गराएको बलला जाली चुमाउँदै हाल्यान्डले ह्याट्रिक पूरा गरे । जारी सिजनमा हाल्यान्डको यो लगातार दोस्रो ह्याट्रिक हो । अघिल्लो खेलमा उनले इप्सविच टाउनविरुद्ध ह्याट्रिक गरेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस