शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८१०५:४७
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले 
    सार्वजनिक गरेका छन् ।

    बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति भएका डिसीलाई  सोमबार बिहान १०ः४५ बजे बोर्डमा पदभार ग्रहण तथा बधाई कार्यक्रम रहेको जनाएको छ । 

    यस्तै बैठकले बहुक्षेत्रीय  घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट  प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको  छ । 

    साथै मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको  छ । 


    प्रतिक्रिया दिनुहोस