शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • महासमितिमा प्रस्ताव गरिएको प्रतिवेदनहरु परिमार्जनसहित केन्द्रीय समितिद्वारा पारित


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८१०९:४६
    महासमितिमा प्रस्ताव गरिएको प्रतिवेदनहरु परिमार्जनसहित केन्द्रीय समितिद्वारा पारित

    काठमाडौँ । नेपाली कांग्रेसको गएको फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनहरू केन्द्रीय समिति बैठकले परिमार्जनसहित पारित गरेको छ । 

    साउन २३ गतेदेखि आज (आइतबार)सम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

    ‘महामन्त्रीद्वय र उपसभापतिले प्रस्ताव राख्नुभएको थियो । परिमार्जन गरेर पास गर्न महासमितिले अनुमति दिएको थियो । आज संशोधनसहित पारित भयो‚’ उनले भने । 

    महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस