शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बालशोषणको आरोप लागेका एमाले सांसदलाई कारबाही नगरेको भन्दै प्रधानमन्त्री ओलीसँग रिसाए बालेन


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८११०:०७
    बालशोषणको आरोप लागेका एमाले सांसदलाई कारबाही नगरेको भन्दै प्रधानमन्त्री ओलीसँग रिसाए बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा (एमाले)की प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको आरोप लगाएका छन् ।

    "वहाँले विगत आठ वर्षदेखि बन्दी बनाएर, एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिकरूपमा कुटपिट गर्दै आउनुभएको छ," आइतबार सामाजिक सञ्जालमार्फत बालेनले भनेका छन् ।

    काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् ।

    "अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको, तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ । सायद तपाईंका लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?," बालेनले भनेका छन् ।


    प्रतिक्रिया दिनुहोस