शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भाद्र कुशे औंसी अर्थात् आज बुवाको मुख हेर्ने दिन


    हुलाक प्रेस

    • सोमबार, भदौ १७ २०८१०७:५७
    भाद्र कुशे औंसी अर्थात्  आज बुवाको मुख हेर्ने दिन

    काठमाडौं । आज भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । 

    आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।

    बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आज काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ । 

    यसैबीच, भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने चलन छ । 
     


    प्रतिक्रिया दिनुहोस