शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु, ७ जना विरामी


    हुलाक प्रेस

    • सोमबार, भदौ १७ २०८११०:११
    बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु, ७ जना विरामी

    काठमाडौं । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

    नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिए ।

    भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

    उनले भने, ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौं ।’

    झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस