शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल प्रहरीका तीन डीआइजीको सरुवा 


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०८:५०
    नेपाल प्रहरीका तीन डीआइजीको सरुवा 

    काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को काज सरुवा भएको छ । सोमबार गृह मन्त्रालयले डीआइजीहरुको काज सरुवा गर्ने निर्णय गरेको हो ।

    बागमती प्रदेशमा रिक्त रहेको डीआइजी पदमा कृष्णहरि शर्मा पोखरेललाई पठाइएको छ । त्यहाँ कार्यरत डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका थिए ।

    त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणाको काज सरुवा गरिएको छ । यता प्रहरी प्रधान कार्यलयमा कार्यरत भरतबहादुर बोहरालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ ।


    प्रतिक्रिया दिनुहोस