शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • २२ वर्षीय युवती हत्याको अभियोगमा युवक पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१११:१७
    २२ वर्षीय युवती हत्याको अभियोगमा युवक पक्राउ

    बागमती । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् ।

    उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो ।
     
    खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 
    रासस


  • सम्बन्धित विषय:

  • # #crime
  • प्रतिक्रिया दिनुहोस