काठमाडौं । ट्राफिक प्रहरीको कारबाहीमा परेमा तत्कालै अनलाइनबाट जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र नेपाल प्रहरीले संयुक्त रुपमा काम गरिरहेका छन् ।
यससँगै अब ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा पर्दा त्यतिबेलै जरिवाना तिर्न सकिने भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले यस निम्ति तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिए ।