बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा


    हुलाक प्रेस

    • बुधबार, भदौ १९ २०८१०८:२६
    लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा

    काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ उम्मेदवार सूचीकरण परेका छन् । सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।  

    सूचीकरणमा पर्ने उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् । सूचीकरणमा परेकामध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ । ती ३ जनामध्ये मन्त्रिपरिषद्ले एक जनालाई सीईओ नियुक्त गर्नेछ ।  

    सिफारिस समितिले उम्मेदवारको रणनीति र कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपश्चात मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले गत साउन २८ गते लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस