शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नयाँ घरमा पानी नहालेको निहुँमा श्रीमान र श्रीमतीबिच बिबाद, दुई नाबालिका छोरीको हत्या !


    हुलाक प्रेस

    • बुधबार, भदौ १९ २०८१११:२८
    नयाँ घरमा पानी नहालेको निहुँमा श्रीमान र श्रीमतीबिच बिबाद, दुई नाबालिका छोरीको हत्या !

    काठमाडौं । मोरङमा बन्दै गरेको नयाँ घरमा पानी नहालेको निहुँमा श्रीमान र श्रीमतीको झगडाका कारण दुई नाबालिका छोरीको हत्या भएको खुलेको छ । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर घर प्रवेश गर्ने वित्तिकै घरमा पानी नहालेको निउँमा झगडा पर्यो । विवादले उग्र रुप लिएपछि कार्कीको श्रीमति अस्मिता दुई छोरीहरू आइका (१) र अर्पणा(३)लाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएको श्रीमान अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् ।

    घरबाट निस्केको भोलिपल्ट दुवै बालिकाको शव शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटिएको थियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । दुई बालिकाको शव भेटिएपनि अस्मिता नभेटिएपछि प्रहरीले खोजी थालेको थियो । चार दिनपछि अस्मिता झापाको बिर्तामोडमा मानसिक रुपमा विक्षिप्त रहेको अबस्थामा फेला परेकी थिइन् ।

    श्रीमान अर्जुनले प्रहरीलाई बताए अनुसार शुक्रबार राति अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै खोजी गरे नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनाको बिस्तृत अनुसन्धान भइरहेको छ ।

    सडकमा अस्वस्थ अवस्थामा फेला पारेकी उनलाई कोशी अस्पताल विराटनगरमा लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । २ बालिकाको हत्या कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस