शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले पोलिटब्यूरो बैठक सुरु


    हुलाक प्रेस

    • बुधबार, भदौ १९ २०८१०२:०७
    एमाले पोलिटब्यूरो बैठक सुरु
     
    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी९एमाले०को पोलिटब्यूरो बैठक आज दोस्रो दिन पनि सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर पहिला सुरु भएको हो । 
     
    बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 
     
    उनका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ । बैठकको समापनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । 
    रासस
     


    प्रतिक्रिया दिनुहोस