शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • छोरीहरुलाई विष खुवाएर आफुले नै हत्या गरेको आमा अस्मिताको बयान

    'मर्नकोलागि आफुले पनि विष खाएको थिएँ'


    हुलाक प्रेस

    • बुधबार, भदौ १९ २०८१०४:१७
    छोरीहरुलाई विष खुवाएर आफुले नै हत्या गरेको आमा अस्मिताको बयान

    काठमाडौं । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमा अस्मिताले कार्कीले नै विष खुवाएर हत्या गरेको स्वीकार गरेकी छन् । 
    झापाको बिर्तामोडमा मानसिक रुपमा विक्षीप्त अवस्थामा फेला परेकी अस्मिताले आफूले नै छोरीहरूलाई विष खुवाएर आफुले पनि विष खाएको प्रहरी समक्ष बयानमा बताएकी हुन् । 

    प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले दिएको जानकारी अनुसार बच्चालाई विष खुवाएर हिँडेकी अस्मिताले सो दिन जंगलमै बिताएको र विषको डोज कम भएर आफु नमरेपछि उनी विक्षप्त भएर भौतारिँदो बिर्तामोड पुगेकी थिइन् । 

    गत शनिबार दिउँसो सुन्दरहरैँचा-७ का स्थानीय नारायण न्यौपानेको केरा बगानमा १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की मृत अवस्थामा भेटिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर घर प्रवेश गर्ने वित्तिकै घरमा पानी नहालेको निउँमा झगडा पर्यो ।

    विवादले उग्र रुप लिएपछि कार्कीको श्रीमति अस्मिता दुई छोरीहरू आइका ९१० र अर्पणालाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएको श्रीमान अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् ।

    घरबाट निस्केको भोलिपल्ट दुवै बालिकाको शव शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटिएको थियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । दुई बालिकाको शव भेटिएपनि अस्मिता नभेटिएपछि प्रहरीले खोजी थालेको थियो । चार दिनपछि अस्मिता झापाको बिर्तामोडमा मानसिक रुपमा विक्षिप्त रहेको अबस्थामा फेला परेकी थिइन् ।

    श्रीमान अर्जुनले प्रहरीलाई बताए अनुसार शुक्रबार राति अस्मिताले ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि राति नै खोजी गरे नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस