शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा भेटियो अजिङ्गर 


    हुलाक प्रेस

    • बुधबार, भदौ १९ २०८१०४:३१
    तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा भेटियो अजिङ्गर 

    दमौली, (तनहुँ) । जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । 

    उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उद्धार गरिएको अजिङ्गरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उनले बताए ।   

    दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रूखमा अजिङ्गर भेटिएको थियो । उक्त अजिङ्गरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो । 
    रासस


    प्रतिक्रिया दिनुहोस