शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रस्तावित राजदूतको सुनुवाइ लम्बियो,समितिको अर्को बैठक २४ भदौमा


    हुलाक प्रेस

    • बुधबार, भदौ १९ २०८१०६:४१
    प्रस्तावित राजदूतको सुनुवाइ लम्बियो,समितिको अर्को बैठक २४ भदौमा

    काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ । 

    एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको हो । राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो । 

    अहिलेसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ । बुधवार दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना पेस गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस