शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • बिहीबार , भदौ २० २०८१०७:१०
    आजको मौसमः कुन-कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, वाग्मती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।


    प्रतिक्रिया दिनुहोस