शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • यी जिल्लामा आज बाढीको जोखिम


    हुलाक प्रेस

    • बिहीबार , भदौ २० २०८१०९:२९
    यी जिल्लामा आज बाढीको जोखिम

    काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    यस दिन सिन्धुली, मकवानपुर, पर्सा, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, प्युठान र रोल्पा भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

    यस्तै, पाँचथर, संखुवासभा, सोलुखुम्बु, उदयपुर, सिरहा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, तनहुँ, कैलाली, कञ्चनपुर, बैतडी र डडेधुरा भई बहने केही साना नदीमा बहाव बढ्ने अनुमान छ ।

    आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह बढ्ने सम्भावना छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्ने महाशाखाको अनुमान छ ।


    प्रतिक्रिया दिनुहोस