शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ओलीलाई प्रचण्डको जवाफ: जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्न बाँकी छ


    हुलाक प्रेस

    • बिहीबार , भदौ २० २०८११०:४६
    ओलीलाई प्रचण्डको जवाफ: जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्न बाँकी छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको राउण्ड किक कस्तो हुन्छ केपी शर्मा ओलीले देख्न बाँकी रहेको बताएका छन् ।

    शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राउण्ड किक हानेको अभिव्यक्ति दिएका थिए । 

    प्रचण्डले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृतिको भण्डाफोर गर्नुपर्ने बताए ।

    संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे । ‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’


    प्रतिक्रिया दिनुहोस