शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एमालेका नेताहरुले भेटे प्रचण्डलाई


    हुलाक प्रेस

    • बिहीबार , भदौ २० २०८१०५:३०
    एमालेका नेताहरुले भेटे प्रचण्डलाई

    काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका नेताहरुले  भेटेका छन् ।

    बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले प्रचण्डलाई भेटेका हुन् । उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले जनाएका छन् ।

    भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले बताएको उल्लेख गरेका छन् ।

    यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस