शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २१ २०८१०८:२९
    सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

    तुलसीपुर ।  दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ।

    “यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, “न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।”

    शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । विसं २०४५ मा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ ।

    विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न दाताहरूको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको छ । त्यो विद्यालयले बोर्डसमेत फेर्न सक्ने अवस्था छैन । सो ठाउँ सङ्घीयतापछि तुलसीपुर–७ नं वडा भए पनि त्यहाँको बोर्डमा अझै ‘तुलसीपुर नगरपालिका–४’ नै लेखिएको छ । जुन बोर्ड सङ्घीयता आउनुभन्दा अघिकै बोर्ड हो ।

    आर्थिक अभावकै कारण बोर्ड पनि फेर्न नसकिएको  प्रधानाध्यापक केसीले बताए। अहिले सोही विद्यालयमा सातजना शिक्षक–शिक्षिका कार्यरत छन् । सो विद्यालयलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा हेर्नुपर्ने प्रअ केसीले बताए ।
    रासस


  • सम्बन्धित विषय:

  • # #daangschool
  • प्रतिक्रिया दिनुहोस