शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  •  बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, भदौ २२ २०८१०७:०७
     बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी बर्दघाट सुस्तापूर्व मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । 

    बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् । 

    घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस