शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन


    हुलाक प्रेस

    • शनिबार, भदौ २२ २०८१०८:१६
    तीन लाख व्रतालुले गरे पशुपतिनाथको दर्शन

    काठमाडौं । नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

    शुक्रबार चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथको दर्शनका लागि अझै धेरै व्रतालु लामो लाममा बसेका छन् । व्रतालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ ।

    पर्वका अवसरमा बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको थियो । शुक्रबार बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चारवटा लामको व्यवस्था गरेको थियो ।

    पर्वका अवसरमा मूल मन्दिरभित्र करिब छ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज व्रतालु महिलालाई मात्र प्रवेश गराएको छ। धेरैभन्दा धेरै महिला व्रतालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस