बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जापानमा जागिर त्याग्न समेत कर्मचारीहरुले किन तिरिरहेका छन् पैसा ?


    हुलाक प्रेस

    • शनिबार, भदौ २२ २०८१०८:२२
    जापानमा जागिर त्याग्न समेत कर्मचारीहरुले किन तिरिरहेका छन् पैसा ?

    काठमाण्डौ । जागिरबाट बाहिरिन पनि निकै संघर्ष गर्नुपर्छ भन्ने विषय नेपाल जस्तो काम पाउनै मुश्किल पर्ने देशका वासिन्दाका लागि अनौठो लाग्न सक्छ । तर जापानका कामदारहरुलाई भने जागिरबाट बाहिरिन पनि संघर्ष गर्नुपर्ने अवस्था रहेको छ ।  

    यस्ता कामदारहरुलाई जागिरबाट उन्मुक्ति दिन जापानमा नयाँ कम्पनीहरुले सेवा दिन सुरु गरेका छन् । यी कम्पनीहरुले कर्मचारीलाई काम छाड्न सहयोग गर्ने गर्छन् । यसका लागि एक्जिट र अल्बाट्रोस जस्ता कम्पनीले सेवा दिईरहेका छन् । यसका लागि कम्पनीले २० हजार युआन लिने गरेका छन् ।  

    यी कम्पनीहरुले कर्मचारीहरुको रोजगारदातालाई सम्पर्क गरेर कर्मचारीका तर्फबाट राजीनामा र अन्य प्रक्रियाहरु गरिदिन्छन् । एक्जिट कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । यो कम्पनीले प्रत्येक वर्ष १० हजार कर्मचारीलाई राजीनामा दिन सहयोग गरिरहेको छ ।  

    जापानमा कामदारहरुलाई काम त्याग्न निकै नै कठिन रहेको छ । कामदारहरुले काम नछाड्न रोजगारदाताहरुबाट निकै दबाब झेल्ने गर्छन् । रोजगारदाताहरुले कर्मचारीको राजीनामापत्र च्यातेर उनीहरुलाई बेइज्जत समेत गर्ने गरेको इकोनोमिक टाइमले लेखेको छ ।  

    खस्कदो काम गर्ने वातावरण,कठोर मालिक,ओभरटाइमको पैसा नपाउनु, समयमै तलब नपाउनु र दबाबर तनावपूर्ण वातावरणमा काम गर्नु पर्ने भएकाले जापानमा काम त्याग्ने कर्मचारीहरुको संख्याा निकै बढेको रिपोर्टमा उल्लेख छ ।  


    प्रतिक्रिया दिनुहोस