शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी यातायात सञ्चालन


    हुलाक प्रेस

    • शनिबार, भदौ २२ २०८१०१:४०
    अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी यातायात सञ्चालन

    मुग्लिन ( चितवन) । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

     जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको  थियो । 

    सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । 
    रासस


    प्रतिक्रिया दिनुहोस