काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप र भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएको छन् ।
चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनी निर्देशक मिन भामको निम्ता स्वीकार्दै काठमाडौं आइपुगेका हुन् । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी आज दिउँसो नेपाल आएका थिए । उनी पनि नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आएका हुन् ।
आइतबार (भोलि) काठमाडौंमा ‘साम्बाला’को प्रिमियर शो हुँदै छ । मिन भाम निर्देशित चलचित्र हेर्न उनीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको हो ।
‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ । चलचित्रमा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा छन् ।