बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले घट्यो


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०८:४१
    अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले घट्यो

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको घटेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।  ब्रेन्ड क्रुडको मूल्य २.२४ प्रतिशत अर्थात १.६३ डलरले घटेर प्रतिब्यारेल ७१.०६ डलरमा सीमित बनेको छ । 

    यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.१४ प्रतिशत अर्थात १.४८ डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६७.६७ डलर कायम भएको छ ।  

    अगस्ट महिनामा अमेरिकामा रोजगारदर अपेक्षा गरेभन्दा कमले बढेसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो । यस्तै चीनको मागमा आईरहेको कमी पनि तेलको मूल्य घट्नुको प्रमुख कारण भएको विज्ञहरुले बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस