काठमाडौं । जाजरकोटमा पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा पुरिएर वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनको पति वेपत्ता भएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए ।
अध्यक्ष महताराका अनुसार वडासदस्य दम्पतीको अवस्था अझै अज्ञात रहेको र स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी कार्य भइरहेको छ ।