बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०९:१७
    तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्‍याएर ६ लाख ४५ हजार ६६५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा तिरहुत गाउँपालिकाका  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव, रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सबइन्जिनियर जागेश्वर मण्डल, सदस्यद्वय दुर्गानन्द यादव र विरेन्द्रकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष रवेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणकुमारी यादव छन् ।

    तिरहुत गाउँपालिका वडा नम्बर १ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार कार्य नगरेको तथा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धान हुँदा योजनाको सम्झौताबमोजिम काम नभएको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्यांकनसहितको नापी किताब तयार गरेको र वास्तविक भएको कामको भन्दा ६ लाख ४५ हजार ६६५ रुपैयाँ झुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # अख्तियार
  • प्रतिक्रिया दिनुहोस