शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • सुन्दरीजलमा ढुङ्गाले हानेर महिलाको हत्या , दुई जना बसुन्धराबाट पक्राउ


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०९:२६
    सुन्दरीजलमा ढुङ्गाले हानेर महिलाको हत्या , दुई जना बसुन्धराबाट पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

    वसुन्धरामा बस्दै आएकी सिरहाकी राम दुलारीको हत्यामा संलग्न रहेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र काठमाडौंको वसुन्धरामा बस्दै आएका सर्लाहीकै बसबरीया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा ढुंगाको चेपभित्र गएको बिहीबार ती महिलाको शव फेला परेको थियो । आरोपितलाई वसुन्धराबाटै पक्राउ गरिएको हो । उनीहरूले ढुंगा प्रहार गरी ती महिलाको गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस