शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन


    हुलाक प्रेस

    • सोमबार, भदौ २४ २०८१०८:५४
    सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल गठन
    फाइल तस्वीर

    काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

    बैठकमा सहभागी एक नेताका अनुसार कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

    सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ ।


    प्रतिक्रिया दिनुहोस