शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • कैदको सट्टा रकम तिरेर छुटे लुम्बिनी प्रदेशका सांसद केसी


    हुलाक प्रेस

    • सोमबार, भदौ २४ २०८१०४:२८
    कैदको सट्टा रकम तिरेर छुटे लुम्बिनी प्रदेशका सांसद केसी

    काठमाडौं । अदालत पुगेर आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कानुनअनुसार कैद सट्टामा रकम तिरेर छुटेका छन् ।

    रुकुम पूर्वबाट निर्वाचित काँग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा २३ वर्षपछि आइतबार जिल्ला अदालत रुकुम पूर्व उपस्थिस्त भएका थिए । सोमबार अदालतले फौजदारी अपराध २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्ष सम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेर पनि बाहिर बस्न मिल्ने प्रावधान अनुसार १ लाख ९ हजार २ रुपियाँ तिरेर उनी छुटेका हुन्।

    जिल्ला अदालत रुकुम पूर्वमा निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले निवेदन आएपछि न्यायाधीश लोकबहादुर हमालको इजलासले रकम लिएर छुट दिने आदेश दिएको बताए ।

    उनले निवेदनले १ दिन बराबरको ३ सय रुपैयाँको दरले १ लाख ९ हजार २ सय रुपैयाँ जम्मा गरेर छुट भएको खुलाए । हालसम्म फरार रहँदै आएका केसीले आइतबार आफै रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस