शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधान सेनापति सिग्देलद्वारा पदबहाली


    हुलाक प्रेस

    • सोमबार, भदौ २४ २०८१०९:०४
    प्रधान सेनापति सिग्देलद्वारा पदबहाली

    काठमाडौँ ।  प्रधान सेनापति अशोकराज सिग्लेलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गरेका छन् ।

    यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गरे । 

    विसं २०२३ माघ १९ गते रुपन्देहीमा जन्मनुभएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । गत साउन २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । रासस


    प्रतिक्रिया दिनुहोस