शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • घरायसी विवादमा झगडा हुँदा भाइले कोदालोले हिर्काउँदा दाइको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, भदौ २४ २०८१०९:४२
    घरायसी विवादमा झगडा हुँदा भाइले कोदालोले हिर्काउँदा दाइको मृत्यु
    सांकेतिक तस्वीर

    डोटी ।  कोदालो प्रहार गरी सहोदर दाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार आज नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन् । घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो ।

    नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस