बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


    हुलाक प्रेस

    • मंगलबार, भदौ २५ २०८१०७:२४
    आजको मौसमः आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा  तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 


    प्रतिक्रिया दिनुहोस