काठमाडौं । धनुषामा मोटरसाइकलले ठक्कर दिँदा ७ वर्षीय बालिकाको मृत्यु भएको छ । धनुषामा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका एक बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-७ महादेवमण्ठ टोल बस्ने रिता यादवकी ७ वर्षीया छोरी रचना यादव रहेकी प्रहरीले जनाएको छ ।
प्रहरीले जनाएअनुसार बिहान साढे ९ बजेतिर टोलकै दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा दिई घर फर्कीरहेकी बालिकालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट उनको घटनानस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगतै मोटरसाइकलसहित चालक फरार भएका छन् । चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।