शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • ‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’ : गुरुङ


    हुलाक प्रेस

    • मंगलबार, भदौ २५ २०८१०४:३३
    ‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’ : गुरुङ

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे । 

    सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै उनले छानबिनमा सघाउने बताए । रासस


  • सम्बन्धित विषय:

  • # #dhanaraj gurung
  • प्रतिक्रिया दिनुहोस