बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देशैभरि खुल्यो जग्गाको कित्ताकाट, जग्गा खरिद-बिक्रीमा सहज


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०७:४५
    देशैभरि खुल्यो जग्गाको कित्ताकाट, जग्गा खरिद-बिक्रीमा सहज

    काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

    यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत कार्यालयमा कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

    यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न पालिकाहरूलाई आग्रह गरेका छन् । तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् । हाल २९५ पालिकाले वर्गीकरणको प्रक्रिया नै सुरु गरेका थिएनन् ।

     


    प्रतिक्रिया दिनुहोस