शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पाँच जिल्लाको प्रमुख जिल्ला अधिकारी फेरिए, काठमाडौंमा जयनारायण आचार्य


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०८:४४
    पाँच जिल्लाको प्रमुख जिल्ला अधिकारी फेरिए, काठमाडौंमा  जयनारायण आचार्य

    काठमाडौँ । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । 

    काठमाडौँको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गृहमन्त्रालय सरुवा गरेर उनको ठाउँमा जयनारायण आचार्यलाई पठाइएको छ । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । 

    सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको छ । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।


    प्रतिक्रिया दिनुहोस