बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेसन्स लिगमा जर्मनी र नेदरल्याण्ड्सको बराबरी


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०९:०१
    नेसन्स लिगमा जर्मनी र नेदरल्याण्ड्सको बराबरी

    काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी खेलेका छन् ।

    घरेलु मैदान योहान क्रोफ एरेनामा भएको खेलमा तिजानी रेइन्डर्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै जर्मनीले गोल फर्कायो ।

    ३८औं मिनेटमा जर्मनीका लागि डेनिज उन्डाभले बराबरी गोल फर्काएका हुन् । उन्डाभकै पासमा पहिलो हाफको इन्जुरी टाइममा कप्तान जोसुअ किम्मिचले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । तर, जर्मनीले पनि अग्रता जोगाउन सकेन ।

    ५०औं मिनेटमा नेदरल्याण्ड्सका डेन्जल डम्फ्रिसले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।

    त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा अंक बाँडेको हो । बराबरीपछि समूह तीनमा दुवै टोलीको समान ४ अंक भएको छ । गोलअन्तरमा अघि रहँदै जर्मनी शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा हंगेरी र बोस्निया एण्ड हर्जगोभिनाले गोलरहित बराबरी खेलेका छन् ।


    प्रतिक्रिया दिनुहोस