शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्रीले बोलाए संबैधानिक परिषद् बैठक


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८११०:१४
    प्रधानमन्त्रीले बोलाए संबैधानिक परिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन् । बुधबार साँझ पाँचबजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । 

    त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष,प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ ।

    नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको स्राेतले जनाएकाे छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो ।


    प्रतिक्रिया दिनुहोस